• ७ मंसिर २०८१, शुक्रबार

६५ वर्षसम्मकाले दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने

blog

काठमाडौं, माघ १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने गरी आवेदन माग गरेको छ । आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै मन्त्रालयले तीस वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकले अध्यक्ष पदका लागि दरखास्त दिन अनुरोध गरेको हो । 

दरखास्त दिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्नेछ । दरखास्त माघ २० गतेसम्ममा दिनुपर्ने समय तोकेको छ ।