• १६ भदौ २०८१, आइतबार

अर्थतन्त्रमा टर्की एयरलाइन्सको योगदान ५६ अर्ब अमेरिकी डलर

blog

काठमाडौं, माघ ५ गते । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्स (टिएचआई) ले २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराउनुभएको हो । उहाँले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्ड मात्र नभ देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताउनुभयो ।

सन् २०२३ को तथ्याङ्कअनुसार टर्किस एयरलाइन्सले टर्कीको अर्थतन्त्रमा ५६ अर्ब डलर योगदान गरेको छ र करिब १६ अर्ब डलरको सेवा निर्यात गरेर यस क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाएको छ ।

कम्पनीको सफलताले पर्यटन क्षेत्रलाई बढावा दिने बताउनुभयो । टर्कीमा भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या बढाउन सबैभन्दा महत्त्वपूर्ण ड्राइभिङ् फोर्सहरूमध्ये एक भएको उहाँको भनाइ छ ।

आधिकारिक तथ्याङ्क अनुसार सन् २०२३ को पहिलो ११ महिनामा टर्की आउने विदेशी पर्यटकको सङ्ख्या ५ करोड १० लाख पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल