• १३ असोज २०८१, आइतबार

चार कृति एकैसाथ लोकार्पण

blog

एकैसाथ चार कृतिको लोकार्पण गरिँदै ।

काठमाडौँ,  पुस २६ गते । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बिच एकैसाथ लोकार्पण गर्नुभएको छ । 

नरेन्द्रराज प्रसाईँद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनूदित ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरिको आत्मकथा ‘लुकेको वृत्तान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईँद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृतिको बिहीबार लोकार्पण गरिएको हो । 

वानीरा फाउन्डेसनद्वारा आयोजित लोकार्पण समारोहमा अनुवादक अणुराज जोशी तथा डा. अनीश मुडभरीबाट लोकार्पित कृतिहरूबारे मन्तव्य प्रस्तुत भएको थियो । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईँ तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरू र संस्थाको प्रगतिबारे मन्तव्य राख्नुभयो । 

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम सुरु भएको थियो ।