मैले जित्दा पदक भिथ्र्यौ
म लड्दा तिमी गिथ्र्यौ
तिम्रो शरीर धुँवा बनेर
आकाशतिर हराएको क्षण
दैवले तिमीलाई मन पराएको क्षण
म पनि आकाशतिर हेर्दै
सास मात्रै फेरिरहेको थिएँ
देखिन्छौँ कि तिमी भन्ने आसमा
ताराहरूलाई हेरिरहेको थिएँ ।
तिम्रो वात्सल्यले चल्ने धड्कनहरू
खोज्न अब कहाँ जाउँ ?
म रुँदा तिम्रो आँसु झथ्र्यो
म अघाउँदा तिम्रो पेट भथ्र्यो
हेर्दै तिम्रो तस्बिरको माला
बिर्सन तिमीलाई सम्झन्छु मधुशाला
तर न पिउन सक्छु
न राम्ररी जिउन सक्छु
आमा तिमी बिना चहर्यायो घाउ
कि तिम्रो ठेगान बताउ
कि पुनः आउ
मलम लगाउ
ममता बर्साउ ।