• ८ मंसिर २०८१, शनिबार

तिम्रो साथमा जिउँदा (कविता)

blog

तिम्रो साथमा जिउँदा जिन्दगी नै बेग्लै हुन्छ

हाँसी हाँसी साथमा यात्रा गर्दा पनि हुन्छ

 

सजिलो हुन्छ जिन्दगीमा सँगै यात्रा गर्दा

तिमी कहाँ हुन्छौ यो मनलाई छोएर हेर्दा

प्राण भन्दा प्यारो भन्थ्यौ मन मुटुको मान्छे हौ

माया गरी अङ्गालोमा बाँध तिमी मेरो जीवन हौ

 

मायाले बचाउ यो प्रेमको रोगीलाई तिमीले

त्यो मन भित्रका कुरा देऊ मनलाई समाई

तिम्रो साथमा जिउँदा जिन्दगी नै बेग्लै हुन्छ

हाँसी हाँसी साथमा यात्रा गर्दा पनि हुन्छ