• १३ असोज २०८१, आइतबार

अमेरिका पठाउने भनी १४ लाख ९० हजार ठगी गर्ने पक्राउ

blog

काठमाडौं, पुस १३ गते । प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मीसँग १४ लाख ९० हजार रुपियाँ लिई सम्पर्कविहीन भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

थापाले रेग्मीलाई वैदेशिक रोजगारीका लागि अमेरिका जान तीन लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार हुन्छ भनी प्रलोभनमा पारेका थिए । यसका लागि शाहीले रेग्मीसँग १४ लाख ९० हजार लिई सम्पर्कविहीन भएका थिए । प्रवक्ता रेग्मीका अनुसार थापालाई बिहीबार काठमाडौं–२६ सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।