• १३ असोज २०८१, आइतबार

दस गीतमा गजमेरको सङ्गीत

blog

काठमाडौँ (गोरखापत्र), मङ्सिर १७ गते  । वरिष्ठ सङ्गीतकार रन्जित गजमेरले नेपाल आएको मौकामा विभिन्न गायक तथा रचनाकारहरूका १० गीतमा सङ्गीत दिनुभएको छ । केही दिनका लागि भारतको मुम्बईबाट नेपाल आउनुभएको गजमेरले विभिन्न गायक तथा रचनाकारहरूको गीतमा सङ्गीत दिनुभएको हो । 

गीतकार टेक तामाङको रचनामा मोहन राईको स्वर साथै सुदीप भुषाल सिंहको रचनामा जमुना शर्मा र सविन सुवेदीको युगल स्वर, अर्जुन सापकोटाको रचनामा विष्णु अधिकारीको स्वर, रामभक्त र ईतु जोजिजु युगल गीतहरूमा गजमेरको सङ्गीत रहेको छ । रेकर्डिङका क्रममा काठमाडौँमा सुरुवाती दिनमा निकै सङ्घर्ष गरेको स्मरण गर्दै गजमेरले आफूलाई सहयोग गर्ने समकालीनहरूलाई सम्झिनुभएको थियो । रेकर्ड भएका गीतहरू मिक्सिङ र मास्टरिङ सकियो भने फेरि तीन÷चार महिनापछि नेपाल आएर गीतमा सङ्गीत दिने उहाँले बताउनुभयो ।