• १३ असोज २०८१, आइतबार

काँचुली र चालिसे सम्मानित

blog

काठमाडौँ (गोरखापत्र), मङ्सिर १७ गते । लघुकथा समाज नेपालले दुई साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान–२०८०’ र ‘सावित्री केशर कथा सम्मान–२०८०’ कथाकार चालिसेलाई समर्पण गर्नुभयो । 

उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार एक रुपियाँ नगद राशि प्रदान गरियो । घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गर्नुभयो । संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा समाजले लेखनको उन्नयनमा गरेको व्रिmयाकलापको चर्चा गर्नुभयो । सो अवसरमा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे, सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले बोल्नुभएको थियो ।