• २२ असार २०८१, शनिबार

नेपाली क्रिकेटलाई प्रबर्द्धन गर्न तयार छौं : महाराष्ट्रका उपमुख्यमन्त्री

blog

गोरखापत्र समाचारदाता 

महाराष्ट्र मुम्बई (भारत),  मङ्सिर १४ गते । 

भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरका तयार रहेको बताउनुभएको छ । 

स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले  नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण, मैत्रीपूर्ण खेलमा सहभागी बनाउन राज्य सरकारले अधिकतम पहल गर्ने बताउनुभयो । 

फडणवीसले भन्नुभयो, ‘‘नेपाल क्रिकेटको थप विकासका लागि महाराष्ट्र सरकारले अधिकतम प्रयास गर्छ, त्यसको प्रस्ताव नेपाल क्रिकेट संस्था वा सरकारको तर्फबाट आओस् ।’’

उहाँले  छलफलका क्रममा नेपाल भारत सम्बन्ध, विशेष रहेको र यसलाई कसैले पनि कमजोर पार्न नसक्ने बताउनुभयो । 

भेटका क्रममा सञ्चारकर्मीहरूले नेपाली श्रमिकहरुको अवस्थालगायतका विषयमा चासो राखेका थिए । 

 उपमुख्यमन्त्री फडणवीसले नेपाली पत्रकारहरूले उठाएका विषयलाई सकारात्मक रुपमा लिँदै नेपाल भारतबीचको सम्बन्ध विशेष सम्बन्ध भ्रमणमा रहेका बताउनुभयो ।

साथै उहाँले महाराष्ट्रमा रहेका नेपाली समुदायका समस्या समाधान गर्न आफूले आवश्यक पहल गर्ने बताउनुभयो ।

छलफलका क्रममा उपमुख्यमन्त्री फडणवीसले तेस्रो मुलुकबाट हुने ब्यापारलाई थप सहज र सरल बनाउन महाराष्ट्र सरकारले आवश्यक सहयेग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाल र भारतले आफूसँग भएका क्षमता र सम्भावनालाई आदानप्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।