मधेश प्रदेश सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा निकै सम्पन्न स्थान हो । यहाँको मिथिला संस्कृति निकै लोकप्रिय पनि छ । मधेश प्रदेशले पछिल्लो समयमा विकासले फड्को मारिरहेको छ । मधेश प्रदेशका लागि होटलहरूको हब मानिएको बर्दीबासमा नयाँ नयाँ होटल खुल्ने क्रम जारी छ । यी होटलले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन महìवपूर्ण योगदान मात्र दिएका छैनन् । बर्दीबासलाई देश विदेशमा परिचय गराउने माध्यम पनि बनेका छन् । यिनै कारण होटललाई ‘सहरको अनुहार’ पनि भनिएको छ ।
होटल तथा पर्यटकीय गतिविधि सक्रिय रहेका स्थानले छोटो समयमा छिटो विकास गरेको अनेकन दृष्टान्त छन् । त्यसमध्ये बर्दीबास पनि एक हो । केही दशकअघिसम्म साप्ताहिक हाट बजारमा सीमित बर्दीबासलाई प्रमुख व्यापारिक केन्द्रको रूपमा विकसित गर्न यी होटलले पनि उल्लेख्य योगदान दिएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अनुसार बर्दीबासमा अहिले २५० वटा होटल सञ्चालनमा छन् । यिनैमध्ये होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा मधेश प्रदेशमै प्रतिष्ठा कमाएको गौतम होटलले थप सेवा विस्तार गर्न लागेको छ । बर्दीबासको पहिचान बनेको यो प्रतिष्ठानले गौतम होटल बर्दीबासमार्फत आमग्राहकलाई सेवा, सुविधा प्रदान गर्ने गरेको छ । विशेष व्यवस्थासहित सञ्चालनको तयारीमा रहेको नयाँ होटलमा सेवा सुविधा थपिन थालेका छन् । यसमा हेल्थ क्लव, स्टिम बाथ, स्विमिङ पुल, आकर्षक गार्डेनिङ, शान्त र रमणीय वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय स्वादका खानालगायत अनेकन सुविधा र विशेषता समेटेको व्यवस्थापनले जनाएको छ ।
कुल ७६ कोठाको लक्ष्य भए तापनि हाललाई ४० कोठाबाट सञ्चालन हुन लागेको बताइएको छ । यो होटल २२ कट्ठा क्षेत्रफलमा फैलिएको छ । जसमध्ये १७ कट्ठामा होटल र पाँच कट्ठामा पार्किङ व्यवस्था छ । होटल परिसरमा भिआइपी कन्फ्रेन्स हलका साथै आउटडोर इन्डोर दुई वटा ब्याङ्केट पनि छन् । दुई हजार पाँच सय जना अटाउने आउटडोर ब्याङ्केट यस भेगको अहिलेसम्मकै सबैभन्दा ठुलो सभा हल भएको दाबी गरिएको छ । तुलनात्मक रूपले सानो भनिएको इन्डोर ब्याङ्केटमा पनि एक हजार व्यक्ति अटाउने क्षमताको छ ।
होटल सञ्चालक तथा युवा उद्यमी हीरा गौतमले विवाह, व्रतबन्ध, सभा, समारोह तथा महाधिवेशन जस्ता कार्यक्रमलाई ध्यानमा राखेर नयाँ होटलमा ठुला सभाहलको व्यवस्था गरिएको बताउनुभयो । यी पूर्वाधारको अभावमा ठुल्ठुला कार्यक्रम तथा अन्तर्देशीय कार्यक्रमका लागि विदेशबाट आएका पार्टीलाई चितवन, काठमाडाँै, पोखरा जस्ता सहरमा पठाउनु परेको तितो अनुभव गौतमको छ । उहाँका अनुसार खुला स्थान, शान्त वातावरण र प्राकृतिक परिवेशको खोजी गर्दै भारतको पटनादेखि बिहेबारीका लागि बर्दीबास आउने गरेका छन् । त्यसका लागि यहाँ पूर्वाधार नभएको बेला पछिल्ला दिनमा सुविधासम्पन्न होटल निर्माण हुने क्रम बढिरहेको छ । यहाँ आएका त्यस्ता ग्राहकलाई अर्को प्रदेशका होटलमा पठाउनु पर्ने बाध्यतालाई हेरेर यहाँका होटल व्यवसाय थप सेवा दिन तयार भएका हुन् । मधेशमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्न सक्ने पूर्वाधारको अभाव नहुन दिनका लागि होटल व्यवसायीहरू लागि रहेको छन् ।
होटल व्यवसायी गौतमले भन्नुभयो, यही कुरालाई दृष्टिगत गर्दै देश विदेशबाट आउनु हुने पाहुनाका आवश्यकता पूरा गर्न सुविधासम्पन्न होटल निर्माण गरेका हौँ ।
‘चार तारे’ होटलको उद्देश्य र अवधारणासहित निर्माण सुरु गरिएको यो नयाँ गौतम होटलमा अहिलेसम्म ३५ करोड खर्च भइसकेको व्यवस्थापन पक्षले जनाएको छ । यही मङ्सिर महिनाभित्रै सञ्चालनको तयारीमा रहेको यो होटलमा तत्काल १०० जना दक्ष जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।
स्थानीयका अनुसार पनि यो होटल यहाँको विकास तथा समुन्नतिको नयाँ खुड्किला पनि हो । होटल व्यवसायको विकास र विस्तारसँगै यहाँको जमिनको भाउ पनि बढ्न गएको छ । केही वर्षअघिसम्म तीन लाख रुपियाँ एक धुर पनि नबिक्ने लालगढको जग्गा होटलहरू खुल्ने क्रमसँगै आसपासका क्षेत्रमा १० लाखभन्दा बढीमा बिक्री हुन थालेको छ । यहाँको जग्गाको भाउ अकासिएसँगै थप लगानीको ढोका खुलेको छ । होटल व्यवसायको विकास र विस्तारले नयाँ नयाँ उद्योगधन्दा, व्यापार व्यवसाय गर्नेका लागि थप आकर्षणको केन्द्र बन्दै गएको छ । यसअघि उजाड र बाँझो रहेका जग्गामा नयाँ संरचना थपिँदै छन् । होटल स्थपनासँगै कोल्ड स्टोर, नेपाल ग्यास उद्योग, ह्युमपाइम उद्योग, नर्सिङ कलेज जस्ता संरचना निर्माणाधीन छन् । ट्राफिकको क्षेत्रीय कार्यालयले पनि जग्गा अधिग्रहण गरिसकेकाले होटलका कारण विकासका अनेकन सम्भावना र संरचना स्थापित हुन पुगेकोमा स्थानीय पनि दङ्ग छन् ।
“नयाँ गौतम होटलबाट यस भेगको पर्यटनको विकास र स्थानीयको जीवनस्तर उकास्न उल्लेख्य योगदान पुग्नेमा हामी आशावादी छौँ” लागगढ वडा नं १० का वडाध्यक्ष सविन विव्रmम थापाले भन्नुभयो ।
नयाँ गौतम होटलको प्रयास र लगानीलाई मधेश प्रदेशका अन्य होटल व्यवसायीले पनि ‘प्रेरक र अनुकरणीय’ भनि प्रशंसा गरेका छन् । बर्दीबासबाट भारतीय सीमा पनि नजिक छ । घना आवादी, बढ्दो भिडभाड, ध्वनि प्रदूषण जस्ता कारणले सीमावर्ती भारतीयहरूमा खुला, शान्त तथा प्रकृतिको रमणीय वातावरणमा घुमघाम गर्ने अभिरुचि बढ्दै छ ।
यस्ता ग्राहकलाई आकर्षित गरी होटल तथा पर्यटन प्रवर्धनको नयाँ क्षितिज खोल्ने नयाँ गौतम होटलको प्रयास सराहनीय रहेको जनकपुरस्थित वैलकम होटलका सञ्चालक विजय झुनझुनबालाले धारणा राख्नुभयो । यी पर्यटकहरूबाट विदेशी मुद्रा भित्र्याएर मुलुकको आर्थिक विकासमा समेत योगदान दिन सकिने उहाँको आकलन छ । कारण निकट भविष्यमै जयनगरदेखि बर्दीबाससम्म रेल सेवा सञ्चालन हुँदै छ । यसका लागि पनि नयाँ गन्तव्य, नयाँ संरचना तथा होटल तथा पर्यटन क्षेत्रमा लगानी आवश्यक रहेको उहाँले बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसाय कुनै पनि मुलुकको लागि आयको महत्वपूर्ण स्रोत भएको उहाँको व्यावसायिक अनुभव छ । होटलहरू जति स्तरीय हुन्छन् उति धेरै नयाँ पर्यटक आकर्षित हुन्छन् । यस शृङ्खलामा नयाँ गौतम होटल आफैँमा एउटा ब्राण्ड भएको धारणा उहाँले राख्नुभयो ।