• ७ मंसिर २०८१, शुक्रबार

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

blog

काठमाडौँ, कात्तिक २९ गते । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ यहाँ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।  

यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।  

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुगाइ दिने जानकारी दिएको डा. भट्टराईले बताउनुभयो । स्थानीय राजनीतिक दल र  प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उहाँले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताउनुभयो । रासस