• २२ वैशाख २०८२, सोमबार

विदेशी पर्यटकले पनि लगाए भाइटीका

blog

भाइटीका लगाएर खुसी भएका पर्यटकहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २९ गते । पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् । 

दरबार हिमालय क्लासिक होटलले भाइटीका लगाउने चाँजोपाँजो मिलाएपछि विदेशीले तिहार मनाउन पाएका हुन् । बन्दीपुरका दिदीबहिनीले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए । 

हरेक वर्ष बन्दीपुरमा घुम्न आउने पर्यटकलाई भाइटीका लगाउने व्यवस्था मिलाइएको र अधिकांश सहभागी हुनेगरेको बन्दीपुर पर्यटन विकास समितिका निर्वतमान अध्यक्ष बइस गुरुङले बताउनुभयो । 

यस्ता भाइटीकाले गर्दा संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको गुरुङको भनाइ छ । सो भाइटीकामा १५ जना बेलायतका पर्यटक सहभागी भएको गुरुङले जानकारी दिनुभयो ।