काठमाडौँ, कात्तिक २३ गते । रिबन इन्भेस्टमेन्टद्वारा बुधवार काठमाडौँमा आयोजित मिसेस् नेपाल वर्ल्ड २०२३ को उपाधि पृथिभिया थापाले पाउनुभएको छ। कार्यक्रममा मिसेस् नेपाल इन्टर्नेस्नल को उपाधि भने सीता सुवेदीले र सृजना केसीले पाउन सफल हुनुभएको छ ।
त्यस्तै फर्स्ट रनर अप ऐना गजुरेलले पाउनुभयो भने, सेकेन्ड रनर अप निशा बिस्ट, थर्ड रनर अप सरु राज्यलक्ष्मी राणाले हात पार्न सफल हुनुभएको छ। विजेताले मिसेस् नेपाल वर्ल्डमा नेपालबाट प्रतिस्पर्धा गर्नेछिन् ।