• १ जेठ २०८२, बिहिबार

गुल्मीमा पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २२ गते । जिल्ला  प्रशासन कार्यालय गुल्मीले पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । मङ्गलबार पहिलो पटक रेसुङ्गा नगरपालिका–१ भीमचोकका भीष्म मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सो नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नेपालको संविधानमा भएको व्यवस्थाअनुसार कात्तिक १७ गते शुक्रबार नेपाली नागरिकता त्याग गरेपछि मरासिनीले गैरआवासीय नागरिकता प्रमाणपत्रको लागि ८ (ग) बमोजिम वडाबाट लिएको सिफारिससहितको निवेदन जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास निवासी भीमलाल मरासिनी र आमा एक कलाका छोरा भीष्म मरासिनीले दुई दशकपछि गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिनुभएको हो ।

उहाँ जिल्ला सदरमुकाम तम्घासको विकासमा चासो दिने उद्यमी युवा हुनुहुन्छ । अमेरिकामा बसे पनि उद्योग स्वदेशमा सञ्चालन गर्ने उद्देश्यले गैरआवसीय नेपाली नागरिकता लिएको मरासिनीले बताउनुभयो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता प्राप्त गरेकोमा आफूलाई गौरवको अनुभूति भएको उहाँको भनाइ छ । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका मरासिनीले अमेरिकी नागरिकता लिनुभएको थियो । उहाँ अमेरिकाको टेक्सासमा बस्दै आउनुभएको छ ।