• २० असोज २०८१, आइतबार

आइक्यापको ४० औं बैठक काठमाडौंमा हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २५ गते । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४० औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौ बार्षिक बैठक काठमाडौंमा आयोजना हुनेभएको छ ।

असोज २६ देखि २८ गतेसम्म बैठक आयोजना हुने आइक्यापका सहअध्यक्ष डा. राजन भट्टराईले बताउनुभयो । कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीचमा समसामयिक विषयमा  छलफल हुने बताइएको छ ।

बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहने सहअध्यक्ष भट्टराईले बताउनुभयो ।

बैठकको सबै तयारी पूरा भएको आइक्यापले जनाएको छ । बैठकमा सहभागिताका लागि विभिन्न देशबाट पाहुनाहरू आउनेक्रम सुरु भएको भट्टराईले बताउनुभयो ।  काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजना गरिने बैठकको उद्घाटनसत्रलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले असोज २७ गते विहान सम्बोधन गर्ने कार्यक्रम तय भएको सहअध्यक्ष डा. भट्टराईले बताउनुभयो ।