• ११ पुस २०८१, बिहिबार

प्रधानमन्त्रीले इजरायलका समकक्षीसँग कुरा गर्नुपर्छ : प्रमुख सचेतक गिरी

blog

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी । फाइल तस्बिर

काठमाडौं, असोज २१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरूलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरूको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामनि नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताउनु भयो ।

उहाँले सो आक्रमणमा परी घाइते भएका नेपालीहरूको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाइ छ । 

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहरूलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।