• ९ मंसिर २०८१, आइतबार

हुम्लाबाटै स्नातकोत्तर तहको परीक्षा सञ्चालन

blog

स्नातकोत्तर तहको परीक्षामा सहभागी विद्यार्थी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असोज १९ गते ।
शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको सामुदायिक मानसरोवर बहुमुखी क्याम्पसको स्नातकोत्तर (एमएड) मा अध्ययनरत विद्यार्थीहरुले जिल्लाबाट परीक्षा दिएका छन् ।

यसअघि परीक्षा कताबाट दिने दुविधा भइरहेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले जिल्लामै परीक्षा सञ्चालन गर्न पाउने अनुमति दिएपछि यस पटकको परीक्षा हुम्लामै दिन पाइएको हो ।

उक्त क्याम्पसका प्रमुख एवम् केन्द्राध्यक्ष दीपक भण्डारी निक्कै प्रयासका बाबजुद एमएडको वार्षिक परीक्षा जिल्लामा सञ्चालन भएको बताउनुभयो । परीक्षा कताबाट सञ्चालन गर्ने निर्णय नभएका कारण विद्यार्थीहरु अलमलमा परेका थिए । केन्द्राध्यक्ष भण्डारीले परीक्षा जिल्लाबाट सञ्चालन गर्ने अनुमति त्रिविले दिँदा सहज भएको प्रथम वर्षमा अध्ययनरत अधिकांश परीक्षार्थीहरु परीक्षामा सहभागी भएको बताउनुभयो । शिक्षा सङ्कायतर्फको स्नातकाेत्तर तहको परीक्षामा ४७ जना विद्यार्थीहरुले भर्ना गरेकोमा ४० जना परीक्षामा सहभागी छन् ।

जसमा  स्वास्थ्य शिक्षामा आठ जना, इपिएसमा ३२ जना परिक्षार्थीहरु परीक्षामा सामेल भएका छन् । सात जना परिक्षार्थीहरु परीक्षामा सामेल भएका छैन । परीक्षाको सम्पूर्ण खर्च त्रिभुवन विश्वविद्यालयले ब्यहोर्नेछ । पहिलो वर्षको परीक्षा जिल्लामा सञ्चालन गर्ने अनुमति पाएपछि आगामी वर्ष सो परीक्षा सञ्चालन गर्न सहज हुनेछ ।