शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो ।
काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए ।
बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो ।












                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।