• ९ मंसिर २०८१, आइतबार

प्रधान सेनापति शर्मा नयाँदिल्ली जानुहुने

blog

नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा

काठमाडौं, असोज ४ गते । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै हुनुुहन्छ । यही असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने तेह्रौं संस्करणको इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन सेनापति शर्मा असोज ७ गते आइतबार भारत प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

भ्रमण दलमा ४७ औं इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम तथा ९ औं वरिष्ठ सूचीबद्ध नेता फोरममा सहभागी हुनुहुने सेना प्रमुख सुबेदार रत्नबहादुर थापा मगर पनि रहनुहुनेछ ।

गत भदौ २३ गते नेपाल सरकारको निर्णय बमोजिम नियमित रुपमा सञ्चालन हुुँदै अएको सम्मेलनमा प्रधान सेनापति सहभागी हुन लाग्नुभएको हो ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरुको सह–आयोजनामा सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्मेलनमा सहभागिताबाट मित्रराष्ट्रहरुका सैन्य सङ्गठनहरुका बीच समुधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवम् मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।