नयाँ दिल्ली, साउन २७ गते । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।
पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपियाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नु भएको छ । रासस/ सिन्ह्वा