• १३ साउन २०८१, आइतबार

‘हेरिटेज पेजेन्ट्स २०२३’ हुँदै

blog

काठमाडौँ, असार २० गते । ‘हेरिटेज पेजेन्ट्स’ को २०२३ को संस्करणका लागि नेपालको तर्फबाट आधिकारिक प्रतिस्पर्धी चयन गर्न ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस दुवैले इप्लानेट सिङ्गापुरको आयोजनामा आगामी नोभेम्बरमा थाइल्यान्डमा सञ्चालन हुने ‘हेरिटेज पेजेन्ट्स २०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट्सका लागि नेपालबाट आधिकारिक संस्था ग्रिन आर्ट्स प्रालिको आयोजना मिस एन्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल–२०२३ आयोजना हुन लागेको हो । फेसन कोरियोग्राफरसमेत रहनुभएका अनिला श्रेष्ठ प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक हुनुहुन्छ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट्सका लागि आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले ग्रिन आर्ट्स प्रालिका अनिला श्रेष्ठलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।  

श्रेष्ठले भन्नुभयो, “यसअघि अडिसनबाट छनोट गरी लैजाने गरिएकोमा अबदेखि निरन्तर प्रतिस्पर्धा गराएर त्यसमा सफल हुनेलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको पठाइने छ ।”