• १३ साउन २०८१, आइतबार

लामाको आत्मानुभूति सार्वजनिक

blog

काठमाडौँ, असार २० गते । समाजसेवी सन्तबहादुर तामाङ लामाको ‘आत्मानुभूति’ सार्वजनिक भएको छ ।  गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामा, प्रदेश सभासद् शान्ति श्रेष्ठ र पूर्वसचिव धनबहादुर तामाङलगायतले  हालै आयोजित कार्यव्रmममा सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।  पचासी वर्षअघि काभ्रेपलाञ्चोक बासडोलमा जन्मनुभएका तामाङले विसं. २०२३ देखि २०६३ सम्म करिब ४० वर्ष निर्माण व्यवसायीका रूपमा काम गर्दाका अनुभवलगायतका विषयलाई पुस्तकका रूपमा ल्याउनु भएको छ । गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष नवराज लामाले समाजसेवी, व्यवसायी तामाङले आफ्नो सिङ्गो जीवनकालमा गर्नुभएको अनुभव समेटेर निकालेको पुस्तकबाट आजका पुस्ताले इतिहास बुझ्ने र उहाँको कामबाट पे्ररित हुने मौका पाउने बताउनुभयो । 

पूर्वसचिव धनबहादुर तामाङले सन्तबहादुरले आफ्नो जीवनकालमा व्यवसायी भएर सोलुखुम्बु, खोटाङ, तेह्रथुम, ताप्लेजुङ, हुम्ला, जुम्ला, बझाङ, रोल्पालगायतका ५० भन्दा बढी जिल्लामा झोलुङ्गे पुल निर्माण गर्नुका साथै समुदायका हितका लागि शिक्षा, स्वास्थ्य, गुठी, गुम्बालगायतका काम गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो । पुस्तकमा नेपालका झोलुङ्गे पुल निर्माणको प्रसङ्ग, म्यासुरहरूको वंशावली, यात्राको अनुभव, तामाङ जातिको ङेसुरथरको इतिहास, कुलपूजा र वंशावली, सन्तबहादुर तामाङको वंशवृक्ष, राजनीति, सामाजिक र पेसागत यात्राको अवधिमा लेखकले संगाल्नुभएको अनुभूतिलाई मिहीन ढङ्गले लेखिएका छन् ।