• १२ साउन २०८१, शनिबार

अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, असार १८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

उहाँको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । रासस