काठमाडौँ, असार ३ गते । कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पसमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ ।
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले सामुदायिक क्याम्पस गुणस्तरयुक्त बनाउन अनुसन्धानले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
क्याम्पस प्रमुख प्रदीप महर्जनले कार्यशालामा सिकेको सीपबाट अनुसन्धान गर्न सहज हुने बताउनुभयो ।
संयोजक विनेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राडा शिवशरण महर्जन, प्राडा लक्ष्मीबहादुर महर्जन, प्राडा श्यामकृष्ण महर्जन, डा. पद्मप्रसाद खतिवडा, डा. सिद्धिबहादुर महर्जनले आ–आफ्नाे धारणा राख्नुभएको थियो । यस क्याम्पसले विगतदेखि मङ्गल रिसर्च जर्नल पनि प्रकाशित गर्दै आएको छ ।