• १३ असोज २०८१, आइतबार

जङ्गली च्याउ खाएर आमा–छोराको मृत्यु

blog

कबिराज घिमिरे

हिले, जेष्ठ २० गते । धनकुटाको शहीदभूमि गाउँपालिका –१ मा जङ्गली च्याउ सेवनबाट दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय मुना राई र उहाँको ६ वर्षीय छोरा सचिन राई रहनुभएको छ । विषालु जङ्गली च्याउको सेवन गरेका कारण बिरामी परेपछि दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा राईको बिहीबार राति र छोरा सचिनको शुक्रवार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्युभएको हो ।

जेठ १५ गते सोमवार बेलुकी उहाँहरूको परिवारले च्याउ सेवन गरेको थियो । छिमेकीले जंगलवबाट ल्याएको विषाक्त च्याउ पकाएर खाएपछि मृतक मुनासहित उनका श्रीमान् वर्ष ३९ का एमजित राई र ६ वर्षका छोरा सचिन राई बिरामी पर्नुभएको थियो । च्याउ खाएर बिरामी परेका मुना राईका परिवार जेठ १६ गते मङ्गलबार बिहान उपचारको लागि जिल्ला अस्पताल धनकुटा आउनुभएको थियो । चार जनाको परिवार रहेको मुनाका श्रीमान् र २ वर्षकी कान्छी छोरी भने खतरामुक्त हुनुहुन्छ ।

विषालु जङ्गली च्याउ सेवन गर्नुभएको एमजित राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुना राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादैगर्दा बाटोमा मृत्युभएको थियो । 

उपचारमा खटिएका डाक्टरलाई बिरामीबारे सुरुमै जानकारी नदिँदा उपचारमा समस्या भएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले बताउनुभयो । अस्पताल आउँदा झाडापखाला मात्र लागेको जानकारी दिइएको थियो ।