• ५ वैशाख २०८१, बुधबार

गोरखापत्र संस्थान सञ्चालक समिति सदस्यमा तिवारी नियुक्त

blog

सञ्चालक समिति सदस्य पत्रकार नन्दलाल तिवारी । तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १७ गते । दि राइजिङ नेपालका उपसम्पादक नन्दलाल तिवारी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई  चार वर्षका लागि बुधबार सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाका अनुसार मन्त्रीस्तरको निर्णयबाट उहाँलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । संस्थान ऐन २०१९ को नियम ८ को उपनियम (१) बमोजिम उहाँलाई सञ्चालक समिति सदस्यमा मनोनयन गरिएको हो । 

साबिकको सीर्सेकोट–७ स्याङ्जा स्थायी निवासी पत्रकार तिवारी १६ वर्षदेखि राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँ अहिले राइजिङ नेपाल डेली डट कमको संयोजक हुनुहुन्‍छ । 

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका पत्रकार तिवारीले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्सबाट विश्व अर्थतन्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।