• १९ फागुन २०८०, शनिबार

गणतन्त्रको विकल्प समाजवाद मात्र : मुख्यमन्त्री शर्मा

blog

१६औं गणतन्त्र दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : नविन सुवेदी

नविन सुवेदी
सुर्खेत, जेठ १५ गते  ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प समाजवाद मात्र हुनसक्ने बताउनुभएको छ । १६औँ गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्रीले शर्माले जनतालाई जिस्क्याउने काम कसैले नगरोस् जनतालाई भ्रमित कसैले गर्न हुँदैन । देश अप्ठ्यारोमा परेको बेला सम्पूर्ण राजनैतिक दलहरु एकजुट भएको बताउँदै समृद्ध कर्णालीका लागि आफू प्रतिबद्ध रहेको जिकिर समेत गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेले कुनै एउटा पार्टीको गल्तीले राजतन्त्रको स्थापना हुन नुसक्ने बताउनुभयो । कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख तिलक परिवार लगाएत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।