• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक

शुक्रबार पेस हुने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने

blog

काठमाडौं, जेठ ४ गते । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ । आज (बिहीबार) सम्पन्न भएको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदैछ । उक्त नीति तथा कार्यक्रममाथि समितिले यही जेठ ७, ८ र ९ गते छलफल गर्ने निर्णय गरेको हो ।

छलफलपछि जेठ ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुहुने कार्यसूची रहेको समितिले जनाएको छ ।