काठमाडौं, वैशाख ३१ गते । वलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ । हिजो साँझ दिल्लीको 'बिकानेर हाउस'मा उहाँहरुले इन्गेजमेन्ट गर्नुभएको हो ।
इन्गेजमेन्टमा निकटवर्ती र परिवारका सदस्यहरूको मात्रै उपस्थिती रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा तस्विरहरु पोस्ट गर्दै उहाँहरुको सम्बन्धबारे सार्वजनिक गर्नुभएको हो ।
यसअघि दुवैले प्रेम र बिहेको खबरमा केही खुलाउनुभएको थिएन । यसै वर्षको अन्त्यसम्ममा यी दुई विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।