• ७ जेठ २०८१, सोमबार

भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ : सांसद देवकोटा

blog

राष्ट्रिय सभाका सांसद अनिता देवकोटा ।

काठमाडौं, वैशाख २६ गते । राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले यस्तो माग गर्नुभएको हो । उहाँले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्नुहुँदै अपराधलाई संरक्षण गर्न नहुने बताउनुभयो ।

सांसद देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको भनाइ राख्नुभयो । उहाँले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्नुभयो । जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन् । अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।’’