• ९ मंसिर २०८१, आइतबार

सङ्गीत अभियात्रा सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौंँ, वैशाख २६ गते । राष्ट्रका लागि सङ्गीत अभियात्राको पहिलो चरणको अन्तिम प्रस्तुति सोमबार काठमाडौंँमा सम्पन्न भएको छ । चैत ४ गतेदेखि देशका विभिन्न सहरमा प्रस्तुत हुँदै आएको जनसाङ्गीतिकको अन्तिम प्रस्तुति काठमाडौँमा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायत कम्युनिस्ट पार्टीका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।  कार्यव्रmममा विभिन्न समयमा भएका कम्युनिस्ट आन्दोलनमा आमजनतालाई जागरुक गर्दै क्रन्तिमा लाग्न अभिप्रेरित गर्ने किसिमका गीत, नृत्य र गीतिनाटक प्रस्तुत गरिएको थियो । 

कम्युनिस्ट पार्टीमा आएको फुटका कारण आन्दोलन कमजोर हुँदै गएको, पार्टीले निर्धारण गरेको लक्ष्य हासिल हुन नसकेको भन्दै गीतकार, कलाकार र सङ्गीतकारहरूले वामपन्थीहरूबिचको एकता चाहेको सो व्रmममा बताएका छन् । कार्यक्रममा ओम श्रेष्ठ, केशर कालीकोटे, सुस्मिता दलमी, कर्मवीर विद्रोही, लक्ष्मण पाख्रिन, केशरी घर्तीमगर, अनु शर्मा, आकृति भण्डारी, उदय रिजाल, नीलिमा पुन, नारायण शर्मा, डम्बर भण्डारी, रेश्मी सिं, मोहित श्रेष्ठ र प्रगति महारालगायतले प्रस्तुति दिनुभएको थियो ।

कार्यव्रmममा कलाकारहरूले जनसाङ्गीतिक कार्यक्रममार्फत आन्दोलनलाई ठुलो बल प्रदान गरे पनि अहिले सत्तामा पुगेकाहरूले ती कलाकारको योगदान भुल्दै गएको गुनासोसमेत गरेका छन् ।