• १३ साउन २०८१, आइतबार

दार्चुलाको हिम पहिरोमा हराएका पाँच जनाको परिचय खुल्यो

blog

धनगढी, वैशाख २० गते । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।

दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले हिम पहिरोमा परेका पाँच जनाको परिचय खुलेको बताउनुभयो । उहाँले तर हराएकाहरूको अवस्था भने अझै अज्ञात रहेको बताउनुभयो ।

परिचय खुल्नेमा दार्चुलाको दुँहु गाउँपालिका –४ की ३८ वर्षीया कमला कुँवर १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका –२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् ।

प्रनाउ पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ । घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  मङ्गलबार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधबार बिहान पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रनाउ पाण्डेले बताउनुभयो ।

दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सहितको सात जनाको समूह भने मङ्गलबार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

Author

प्रकाशविक्रम शाह