• १३ साउन २०८१, आइतबार

घटेर आयो डिजेल पेट्रोलको मूल्य

blog

काठमाडौँ, वैशाख १९ गते । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर यथावत् राखेको छ । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।