• १३ साउन २०८१, आइतबार

फ्लाई दुबइको जहाज दुर्घटनाबाट जोगियो

blog

तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, वैशाख ११ गते । त्रिभुवन विमास्थलबाट उडेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार इन्जिनमा समस्या भएको जहाज दुर्घटनाबाट जोगिएको हो । अर्को इन्जिनले काम गरेपछि अहिले जहाज गन्तव्यतर्फ गएको उहाँको भनाइ छ । 

प्रवक्ता निरौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको हो । अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको छ ।’’

जहाजको इन्जिनमा समस्या हुँदा काठमाडौंको आकासमा ठूलो आवाजसहित आगो देखिएको थियो ।