• १३ साउन २०८१, आइतबार

मतदानस्थलमा उत्साहपूर्वक सहभागिता, किरियापुत्रीद्वारा मतदान

blog

शालिग्राम नेपाल
चितवन, वैशाख १० गते ।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ को मोहन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य विष्णु छिमेकीले मतदान गर्नु भएको हो ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखएको जानकारी दिनुभयो ।

जिल्लाका सबै मतदान स्थलमा बिहानदेखिनै मतदान कार्य भइराखेको छ । मतदान गर्न किरियापुत्री, अपाङ्ग अशक्त, वृद्ध अबस्थाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।