हवाना, वैशाख ७ गते । क्युबाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनः निर्वाचित गरेको छ ।
डियाज–क्यानेललाई पुनः निर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बन्नुभएको थियो भने सन् २०२१ मा क्युबाली कम्युनिष्ट पार्टीको प्रथम सचिव बन्नुभएको थियो । यी दुवै महत्त्वपूर्ण पदमा पुग्नुभएका उहाँ सन् १९५९ को क्रान्ति पछिको पहिलो गैर–क्यास्ट्रो नेता हुनुहुन्छ ।
राउल क्यास्ट्रोले आधिकारिक रूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यका रूपमा भने रहिरहनुभएको छ । ६२ वर्षीय विद्युतीय इन्जिनियर डियाज–क्यानेलले पदभार ग्रहण गरेदेखि नै क्युबा आर्थिक सङ्कटमा छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको क्युबासँग संलग्नताको नीतिपछि केही कडा आर्थिक प्रतिबन्धमा माथि विमर्ष गर्नुभएको सीएनएनले जनाएको छ । यसैबीच महामारीले क्युबाको पर्यटन उद्योगलाई लगभग समाप्त पारेको र गम्भीर खाद्यान्न र औषधि सङ्कटले ग्रस्त छ ।
क्युबाली क्रान्ति पछिको सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन २०२१ जुलाई ११ मा भएको थियो । रासस/एएनआई