• १३ असोज २०८१, आइतबार

एपीएफमाथि सङ्कटाको कठिन जित

blog

एपीएफविरुद्ध गोल गरेपछि संकटाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख ३ गते । सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबमाथि कठिन जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सङ्कटाले एपीएफलाई १–० गोलले हरायो ।

सङ्कटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गर्नुभयो । उहाँले २९औँ मिनेटमा पेनाल्टीमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो ।

एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई डिबक्स भित्र लडाएपछि सङ्कटाले पेनाल्टीको मौका पाएको थियो । दोस्रो हाफमा गोलका लागि अवसर बनाए पनि एपीएफले सदुपयोग गर्न सकेन ।

जितसँगै सङ्कटाले नौ खेलबाट १५ अ.क बनाएको छ । एपीएफको समान खेलबाट ११ अङ्क छ ।