• ९ मंसिर २०८१, आइतबार

जलवायु परिवर्तनका चुनौती

blog

विकसित जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्ने विभिन्न उपायमध्ये वानस्पतिक प्रवद्र्धन उत्तम विकल्प बन्न सक्छ । वनस्पति मानिस मात्रका लागि नभई सबै जीव जीवात्माका लागि महìवपूर्ण सम्पदा हुन् । जसको संवद्र्धनबाट मुलुकमा आर्थिक समृद्धि समेत हासिल गर्न सकिन्छ । मानवीय आवश्यकता त झन् हर तरहले प्रत्यक्ष परोक्ष वनस्पति स्रोतमा नै निर्भर छन् । जङ्गल भए नै मङ्गल भन्ने भनाइ पनि छ । जङ्गलको पर्याय भनेको वनस्पति हो । वनस्पति भए मात्र अरू विभिन्नखालका जनावरका लागि उपयुक्त वातावरण निर्माण हुन सक्छ ।

जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भए पनि यसको बढी मार विकासोन्मुख तथा अल्पविकसित मुलुकमा परिरहेको छ । यसका मुख्य दुई कारण छन् । पहिलो त यस्ता मुलुकले जलवायु परिवर्तन गराउन टेवा दिने गरी उल्लेखनीय मात्रामा कार्बन उत्सर्जन गरेका छैनन् अर्थात् आर्थिक उन्नति गर्न सकिरहेका छैनन् । दोस्रो कारण यी मुलुकमा सिर्जित जलवायु परिवर्तनका असरमा अनुकूलित हुने संयन्त्र सबल बन्न सकिरहेका छैनन् । वातावरणीय न्याय दिलाउनका लागि समय समयमा हुने गरेका जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सभा सम्मेलनमा कार्बन उत्सर्जनमा कम या न्यून भूमिका रहेका मुलुकले राखेका प्रस्तावले धेरै महìव पाइरहेको पनि देखिँदैन । जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जन हो भने यसबाट पर्ने चुनौती समाधानको मुख्य आधार वानस्पतिक प्रवद्र्धन हो । 

२४औँ वनस्पति दिवसको नारा ‘जलवायु परिवर्तन एक चुनौती ः समाधानका लागि वनस्पति’ भन्ने तय गरिएको छ । जलवायु परिवर्तन नियमित प्रक्रिया त हो तर मानवीय क्रियाकलापबाट यसको प्रभाव प्रबल बनिरहेका छन् । नेपाल आफैँले जलवायु परिवर्तन गराउन विशेष भूमिका त खेलेको छैन तर यसको प्रभावबाट अछुतो रहन मात्र होइन कि अनुकूलित हुनका लागि अरू मुलुकसरह सामथ्र्य निर्माण गर्न पनि सकिरहेको छैन । विकसित तथा औद्योगिक मुलुकले विकासको नाममा धेरैखालका वातावरणीय विनाश निम्ताइरहेका छन् । जसका प्रभावमा हरित गृह ग्याँसको उत्सर्जनमा मुख्य गरी कार्बन उत्सर्जन, अम्लीय वर्षा, ओजोन तहको क्षयीकरण तथा वातावरणमा प्रतिकूल प्रभावलगायतका रहेका छन् । पृथ्वीमा तापक्रम बढ्ने दरमा तीव्रता छाएको छ । फलतः वातावरणीय असर देखिएका छन् । यसरी विभिन्न तवरले वातावरणमा परेका प्रभाव कम गर्नका लागि मूलत कार्बन उत्सर्जनमा कमी ल्याउनुपर्छ । वनस्पतिको प्रवद्र्धन एक गतिलो माध्यम बन्न सक्छ जलवायु परिवर्तन न्यूनीकरण गर्न तथा प्रभावमा अनुकूलित बन्नैका लागि पनि ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि बनाइएका नीतिको कार्यान्वयनबाट सकारात्मक नतिजा आउन सकिरहेका छैनन् । जलवायु परिवर्तनले सबै मुलुक या सबै मानिस या वर्गलाई एकैनाशको असर पार्ने होइन । यसका असरमा पनि विविधता हुने गर्छन् । जलवायु परिवर्तनका असरबारे ठोस तथ्याङ्क पाउन पनि कठिन छ । जलवायु परिवर्तन आफँैमा एक अध्ययनको विषय हो । जसका लागि निरन्तर अध्ययनको जरुरत पर्छ । 

जलवायु परिवर्तनको कारण नेपालजस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । विश्वका कुनै पनि स्थानमा भएको कार्बन उत्सर्जनले अन्यत्रको पर्यावरणमा पनि प्रभाव पारेको हुन्छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् । माटोको उर्वर शक्तिमा आएको क्षयीकरण, वनको गुणस्तरमा आएको ह्रास तथा भूक्षय आदिको कारण नेपालजस्ता मुलुकलाई धेरै खाले चुनौती थपिएका छन् । जलवायु परिवर्तन हुनुमा कार्बन डाइअक्साइडको बढ्दो उत्सर्जनलाई प्रमुख रूपमा लिइन्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०२२ मा ऊर्जाजन्य कार्बन डाइअक्साइड उत्सर्जनमा ०.९ प्रतिशतले बढोत्तरी भएको छ । 

जलवायु परिवर्तन हुनुको मुख्य कारण पृथ्वीमा कार्बन उत्सर्जन बढ्न जानु हो । प्रकृतिमा कार्र्बन सञ्चित र उत्सर्जन दुवै हुने गर्छन् । जब सञ्चिति गर्ने क्षमतालाई उत्सर्जन हुने दरले जित्छ, तब विश्व तापमान तीव्र ढङ्गबाट बढ्न जान्छ र जलवायु परिवर्तनको अनुभूति हुन जान्छ । नेपाललगायत अल्पविकसित मुलुकको कार्बन उत्सर्जनमा न्यून भूमिका छ । विश्वमा धेरै कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देशको सूचीमा चीन र भारत पनि पर्छन् । दुई ठूला अनि उल्लेखनीय मात्रामा कार्बन उत्सर्जन गर्ने यी विशाल मुलुकबीच परेकोले नेपाल कार्बन उत्सर्जनको प्रत्यक्ष मारमा परेको छ । 

बेमौसमी वर्षा, अति वर्षा, हिमनदी पग्लने, हिमतालहरू फुट्ने, बाली नलाग्ने, बाढी आउने, अत्यधिक गर्मी हुने, नयाँ नयाँ रोगको प्रकोप बढ्ने, रैथाने वनस्पति तथा बालीनाली लोप हुँदै जानेजस्ता असर देखिएका छन् ।

जलवायु परिवर्तन हुनुमा विश्व तापमान वृद्धि प्रमुख कारण हो । जति बढी हरित गृह ग्यास उत्सर्जित हुन्छन्, उति नै बढी मात्रामा पृथ्वीको तापमान बढ्छ । फलस्वरूप तापमान वृद्धिलगायत अन्य विभिन्न प्रकोप देखापर्छन् । जलवायु परिवर्तनलाई बढावा दिनमा जो जसको भूमिका जे जति मात्रामा रहेता पनि यसबाट पर्ने असरबाट कोही अछुतो रहन सक्दैन । सम्भावित असरसँग जुध्नका लागि न्यूनीकरण र अनुकूलनका उपाय अवलम्बन गरिनुपर्छ । नेपाल जस्तो मुलुकका लागि वन वनस्पतिको बढोत्तरी नै सबैभन्दा श्रेयस्कर माध्यम बन्न सक्छ जलवायु परिवर्तनको चुनौती सामानाको लागि । जलवायु परिवर्तनबाट पर्ने समस्याबाट बच्नका लागि वन वनस्पतिको संरक्षण गरेर हरित गृह ग्यास उत्सर्जनमा न्यूनीकरण गर्नु आवश्यक छ । 

जलवायु परिवर्तन नचाहेको भार बनिरहेको छ या नगरेको दोष खेप्नुजस्तै भएको छ । जलवायु परिवर्तनले पारिस्थितिक प्रणाली, जैविक विविधता, कृषि, भौतिक वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँदै छ । वनस्पतिको फूल फुल्ने, फल लाग्ने र पाक्ने समय पहिलेभन्दा फरक हुँदै गएका छन् । कृषि बालीमा विभिन्न रोग देखिएका छन् भने उत्पादनमा ह्रास आएको छ । बहुमूल्य जडीबुटी लोपोन्मुख अवस्थामा छन् । विभिन्न वन्यजन्तुको वासस्थान सङ्कटमा पर्न थालेका छन् । जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भएकाले यसका प्रभाव पनि विश्वव्यापी नै बनिरहेका छन् । हाम्रोजस्तो मुलुकले कार्बन सञ्चिति बढाएर सशक्त सौदाबाजीमार्फत कार्बन फन्ड लिने विषय पनि अत्यन्त चुनौतीपूर्ण बन्दैछ । 

विश्वव्यापी रूपमा देखापरेका जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र अनुकूलित हुनका लागि वनस्पति संरक्षण अनिवार्य छ । बिरुवा श्वासप्रश्वास प्रक्रियाबाट केही मात्रामा कार्बन उत्सर्जन त गर्छन् तर यिनीहरूले गर्ने उत्सर्जनभन्दा कार्बन शोषण धेरै गुणा बढी हुन्छ । रुखको वृद्धि छिटो भएमा कार्बन भण्डारण पनि बढी हुन्छ र कार्बन उत्सर्जनमा कमी ल्याउँछ । त्यसैले खाली जग्गामा वृक्षरोपण गर्ने, वन क्षेत्रको बढोत्तरी गर्ने, वन डढेलो तथा वन विनाश रोक्ने कार्यमा जोड दिनुपर्छ । यी कार्यले वनस्पतिको बढोत्तरीमा टेवा पु¥याउँछन् । अतः जलवायु परिवर्तन सिर्जित चुनौतीसँग जुध्ने र प्रभावसँग अनुकूलित हुने सबैभन्दा उत्तम विकल्प वानस्पतिक प्रवद्र्धन नै हो ।

लेखक वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।    

Author

रघुराम पराजुली