• १३ असोज २०८१, आइतबार

इन्जिनियर मेहता घुससहित पक्राउ

blog

काठमाडौं, चैत २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्ला, बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहताले घर नक्सा पासका लागि सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर मेहतालाई सूचना एवं उजुरी निवेदनका आधारमा २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट सोमबार पक्राउ गरेको हो । 

मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।