• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकार गोविन्द आचार्य । तस्बिर : फेसबुकबाट

काठमाडौं, चैत २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।आचार्यसँग विभिन्न मिडियामा लामो समयदेखि काम गरेको अनुभव छ ।

उहाँ यसअघि पनि ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार हुनुभएको थियो । प्रधानमन्त्रीको प्रेस विज्ञमा भने मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा हुनुहुन्छ ।