• ३ असार २०८१, सोमबार

भुटानी रोनाल्डो मच्छिन्द्रमा अनुबन्ध

blog

चेन्चो ग्याल्सेन ।

काठमाडौं, चैत २० गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुवन्ध गरेको छ । 

मच्छिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा चेन्चोलाई आगामी चरणका लिगका लागि अनुवन्ध गरेको जानकारी दिएको हो ।

अनुभवि खेलाडीहरु अस्ट्रेलिया प्रस्थान गरेपछि मच्छिन्द्र कठिन अवस्थामा रहेको थियो । अनुबन्ध सम्झौता पत्रमा क्लब अध्यक्ष सुनिल कपाली र चेन्चोले हस्ताक्षर गर्नुभयो । क्लबले चेन्चोलाई प्रदान गर्ने रकम भने खुलाएको छैन ।

सम्झौता पछि चेन्चोले नेपालमा चलिरहेको लिगमा अनुवन्ध हुँदै खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यसअघि भारतबाट लिग खेल्दै आउनुभएको थियो । चेन्चोलाई फुबटलमा भुटानी रोनाल्डो उपमाले चिनिन्छ ।

उहाँ हालै काठमाडौंमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न नेपाल आउनुभएको थियो । मच्छिन्द्रले लिगको छैटौं चरणको खेलमा बुधबार हिमालयन शेर्पाबिरुद्ध खेल्दैछ