• २३ वैशाख २०८१, आइतबार

अध्यक्ष यादवसहित बारामा २१ जनाको उम्मेदवारी दर्ता

blog

बारा निर्वाचन क्षेत्र –२ मा मनोनयन दर्ता गराउन आउनुभएका उपेन्द्र यादव । तस्बिर : शिवशङ्कर मिश्र

शिवशंकर मिश्र

बारा, चैत २० गते । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र २ मा सोमबार साँझ ४ बजेसम्म २१ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गराउनेमा जसपाका उपेन्द्र यादवसहित आम जनता पार्टीबाट अरुणकुमार ज्ञवाली, नेकपा (एमाले) बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआइजी रमेशप्रसाद खरेल रहनुभएको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट डा.कमरुल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी र नेपाल सङ्घीय समाजवादी पार्टीबाट नेजारुल अन्सारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यसैगरी स्वतन्त्रबाट विनोदकुमार कर्ण, धूपलाल हजरा, उमाकुमारी कुशवाहा, गिर्जाकुमारी, शिगारी देवी, रिता देवी, जैसी राउत, दिनेशप्रसाद यादव, असर्फी राउत अहिर, बाबुरामप्रसाद कलवार, मुन्ना मंसुरी र धर्मबीरप्रसाद यादवले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मनोनयन दर्ता गराउन मुख्य निर्वाचन आयोगको कार्यालयले सोमबार साँझ ५ बजेसम्मको लागि समय तोकेको थियो ।