• ३ असार २०८१, सोमबार

पुलिस डर्बीमा एपीएफ विजयी

blog

एपीएफ क्लब । फाइल तस्बिर

काठमाडौं, चैत २० गते । विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबबीचको भिडन्तमा एपीएफले बाजी मारेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारदेखि सुरु भएको छौटौं चरणको खेलमा एपीएफले पुलिसलाई २-० गोलले हरायो ।

च्यासल मैदानमा भएको पुलिस डर्बीमा एपीएफलाई जिताउन एडमा डोम्बिया र सविन गुरुङले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा डोम्बियाले ५७औँ र सविनले इन्जुरी समयमा गोल गर्नुभएको थियो ।

जितसँगै एपीएफले ६ खेलबाट १० अङ्क बनाएको छ । एपीएफ पाँचौँ स्थानमा छ । ६ खेलमा पाँचौँ हार खेपेको पुलिसको एक अङ्क छ । पुलिस रेलिगेसनको दबाबमा छ । 

यस्तै एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा सङ्कटाले खुमलटार युवा क्लबलाई १-० गोलले हरायो । सङ्कटाको जितमा जुनियर ओन्गुएनेले २७औँ मिनेटमा गोल गर्नुभयो । 

लिगमा सङ्कटाको यो दोस्रो जित हो । ६ खेलबाट नौ अङ्क बनाएको सङ्कटा छैटौँ स्थानमा छ । चौथो हार खेपेको खुमलटार ६ अङ्कसहित नवौँ स्थानमा छ ।