• १३ साउन २०८१, आइतबार

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ

blog

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठ ।

काठमाडौं, चैत २० गते । नेपाल उद्योग वाणिज्य महासङ्घको एसाेसिएटतर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ ।

उहाँले आइतबार रामचन्द्र संघाईको प्यानल घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै निर्वाचन जित्नका लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताउनुभएको हो ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले पत्रकारहरूको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको पनि जानकारी दिनुभयो । उहाँले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ । अञ्जनको प्यानल घोषणा हुँदा पत्रकारहरूको सुझावहरू लिने भन्नुभएको थियो । तर त्यहाँ घोषणा भयो । कुनै योजना थिएन । हुन्छ नि निर्वाचनमा कहाँ जितिन्छ । त्यहाँ जाने हो ।’’

उहाँले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताउनु भयो । उहाँले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्नुहुँदै मतदाता व्यवसायीहरूको समस्यामा नेतृत्वदायी भूमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गत फागुन ३० गते पत्रकार सम्मेलन गर्नुहुँदै ज्योत्सना श्रेष्ठले अञ्जन श्रेष्ठको समूहबाट एसाेसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर निर्वाचन नजिक आएसँगै श्रेष्ठ अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गर्नुभएको छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध, वस्तुगत तर्फ शकुन्तलाल हिराचन र एसाेसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ हुनुहुन्छ ।