• १३ असोज २०८१, आइतबार

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउन अनिवार्य

blog

गाउँपालिका प्रशासकीय भवन । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम, चैत २० गते । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य गरिएको छ ।

गाउँपालिकाले शिक्षा ऐन जारी गर्दै यस्तो नियम लागु गरेको हो । शिक्षाको गुणस्तर उकास्ने अभियानको पहिलो अभ्यास सुरु गरेको गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । आफु सरकारी कार्यालय र सामुदायिक विद्यालयमा कार्यरत रहेर आफ्नै छोराछोरी निजी विद्यालय पढाउँदा शिक्षाको गुणस्तर खस्कने गरेकोले पाइएपछि ऐन जारी गरेर अनिवार्य गरिएको माखिमले बताउनुभयो । 

शैक्षिक सत्र २०८० देखि यो निर्णय लागु हुने उहाँको भनाइ छ । पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा (२२) मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना भनेको छ । 

यो नियम लागुसँगै शैक्षिक क्षेत्रका विकृति न्यूनीकरण हुने गाउँपालिकाको दाबी छ ।