• १३ साउन २०८१, आइतबार

‘चिसो बाफ’ सार्वजनिक

blog

काठमाडौँ, चैत २० गते । आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’ काठमाडौँस्थित मण्डला थिएटरमा विमोचन गरिएको छ । 

आख्यानकार अमर न्यौपाने, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक सापकोटाले उपन्यासको संयुक्त रूपमा विमोचन गर्नुभयो । आख्यानकार न्यौपानेले उपन्यासले नेपालीमा लेखिएका कथाभन्दा नवीन शैली बोकेको बताउँदै लेखकले असामान्य कथालाई सहज ढङ्गले लेखेकोमा प्रशंसा गर्नुभयो । 

पत्रकार सापकोटाले उपन्यासको कथानक, चारित्रिकीकरण, प्रयोग, शैली उद्देश्यपूर्ण र अर्थपूर्ण रहेको बताउनुभयो । समालोचक अधिकारीले उपन्यास नेपाली साहित्यमा सुन्दर रूपमा लेखिएको प्रयोगपरक आख्यान बनेको बताउनुभयो । 

 लेखक सापकोटाले प्रयोगधर्मी आख्यान लेख्न खोजेको र पाठकलाई फरक स्वाद दिन चाहेको सुनाउनुभयो ।  लेखक गोपी सापकोटाका यसअघि ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसङ्ग्रह र ‘काँचो कागज’ उपन्यास प्रकाशित छन् ।