• २५ पुस २०८१, बिहिबार

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि

blog

प्रतियोगिताबारे जानकारी दिँदै एनपीजीएका पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १३ गते । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि  रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । 

७२ होलको चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरि कुल ३८ खेलाडीको सहभागिता रहनेछ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको फाइनल चरणमा स्थान बनाउनेछन्। 

पाँच लाख ४५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख रुपियाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) लेजनाएको छ । 

चारदिने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई कठिन बनाइएको छ।  एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पछिल्लो प्रतियोगिता प्रो र एमेच्योर गल्फरहरूले गरेको स्कोर बाट सन्तुष्ट रहेको भन्दै यो प्रतियोगिता पनि स्तरीय हुने बताउनुभयो ।