• ९ मंसिर २०८१, आइतबार

मधेशसँग हारेसँगै ललितपुर बाहिरियो

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै मधेश र ललितपुरका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, चैत १३ गते । आयोजक ललितपुर मेयर्स–११ मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेस प्रदेशसँग एक विकेटले पराजित भएसँगै ललितपुर बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको विजयी लक्ष्य मधेशले १९.२ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो । 

मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाउनुभयो । अलिशा यादवले १६ र सिमा कुँवरले १५ रन जोड्नुभयो । बलिङमा ललितपुरका सोनी पाख्रिन र कृतिका मरासिनीले दुई दुई विकेट लिनुभयो । कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५पाँच विकेटको क्षतिमा ९६ रन बनाएको थियो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाउनुभयो । लक्ष्मी चौधरीले २३ र श्रृष्टि जैशीले अविजित १५ रन जोड्नुभयो । 

बलिङमा मधेशका सरस्वती कुमारीले दुई तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले एक एक विकेट लिनुभयो । पहिलो जितसँगै चौथो स्थानमा रहेको मधेशको फाइनल पुग्ने गणितीय सम्भावना बाँकी छ । लगातार तेस्रो हार खेपेको ललितपुर बाहिरिएको हो ।

सोमबारनै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८३ रनको विजयी लक्ष्य कोशीले १५.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

जितसँगै तीन खेलबाट चार अंक बनाएको कोशी दोस्रो स्थानमा छ । चार खेलबाट चार नै अंक बनाएको सुदूरपश्चिम तेस्रो स्थानमा छ । 

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ का सहभागिता रहेको छ । लिगको शीर्ष दुई टोलीबीच चैत १६ गते फाइनल खेल हुनेछ ।