• १३ साउन २०८१, आइतबार

घुस लिएको अभियोगमा वडाअध्यक्ष र सचिव पक्राउ

blog

काठमाडौं, चैत  ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिई गएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 आयोगका प्रवक्ता भोला दाहालका अनुसार, अध्यक्ष र वडा सचिवले ५० हजार रुपियाँ घुस-रिसवत लिइसकेको अवस्थामा उनीहरूला उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी अस्पताल नजिकबाट केही बेरअघि नियन्त्रण लिइएको हो । 

यो पनि पढ्नुहोस