• १३ साउन २०८१, आइतबार

मलको मूल्य वृद्धि फिर्ता गर्न माग

blog

काठमाडौँ, चैत २ गते । रासायनिक मलमा बढाएको मूल्य तत्काल फिर्ता गर्न किसान सङ्घ, सङ्गठनले माग गरेका छन् । राजनीतिक दल निकट चारवटा किसान सङ्गठनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी किसानलाई प्रत्यक्ष मार पर्ने गरी मलमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका हुन् । 

नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर मलमा बढाएको मूल्य तत्काल  फिर्ता लिन सरकारसँग माग गरेका हुन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत सोमबार प्रतिकेजी युुरियामा ११ रुपियाँ बढाएर २५ रुपियाँ पु-याएको थियो । डीएपी प्रतिकेजीमा सात रुपियाँ बढाएर प्रतिकेजी ५० रुपियाँ र पोटास प्रतिकेजीमा नौ रुपियाँ मूल्य बढाएर ४० रुपियाँ पु-याएको थियो । 

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले मलमा बढाएको मूल्य वृद्धिले कृषि उत्पादन लागत बढ्न गई कृषि उपजको मूल्यमा भारी मात्रामा वृद्धि हुने हुँदा आमउपभोक्ता खाद्य अधिकार तथा सुरक्षाबाट वञ्चित हुने तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । चैत ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान सङ्घर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको महासङ्घका अध्यक्ष दङ्गालले जानकारी दिनुभयो ।